add

फागुन २४ गते शनिवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल






ActPro Nepal

|

२४ फागुन, २०८१

|
647

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ फागुन २४ गते, शनिवार, ८ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष नवमी तिथि, १२ः०० बजेपछि दशमी। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन।

आजको राशिफल

मेष : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। साथीको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुने जोखिम छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : आज दिन सामान्य छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक : व्यवहारमा चुनौती बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनु : दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। तीर्थ यात्राको तय गरेको भए यात्रा सफल हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना सार्वजनिक हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.