तिरुपति मन्दीर प्रसाद विवादः मथुरा, अयोध्या लगायतका मन्दीरमा बाहिरी प्रसादमाथि रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतका विभिन्न मन्दीरहरूमा प्रसादलाई लिएर विभिन्न निर्णयहरू गर्न थालिएको छ।

भारतको तिरुपति बालाजी मन्दीरको प्रसादमा जनावरको बोसोको प्रयोग भएपछि विभिन्न मन्दीरको प्रसादलाई लिएर विभिन्न निर्णयहरू गर्न थालिएको हो।

उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दीरका मुख्य पुजारी सत्येन्द्र दासले बाहिरी संस्थाहरूले तयार गरेको प्रसादमाथि पूर्ण प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन्। उनले मन्दीरको प्रसादमा प्रयोग हुने घ्यूको शुद्धतामाथि चिन्ता व्यक्त गर्दै सबै प्रसाद मन्दीरको पुजारीहरूको रेखदेखमा तयार गर्नुपर्ने पनि बताए।

त्यसैगरी मथुरामा धर्म रक्षा सङ्घले लड्डु वा कुनैपनि प्रकारको मिठाइ प्रसादको रुपमा प्रयोग नगर्ने र अबदेखि फलफूल मात्रै प्रसादको रुपमा वितरण गरिने बताएको छ।

साथै अन्य प्राकृतिक सामग्रीबाट बनेको प्रसाद पनि प्रयोग गर्ने बताएको हो।

संगम नगरी प्रयागराजमा अलोप शंकरी देवी, ठूलो हनुमान र मनकामेश्वर समेत विभिन्न मन्दीरमा भक्तजनलाई प्रसादको रुपमा मिठाई र बाहिरको अन्य तयारी वस्तु ल्याउनमा प्रतिबन्ध लगाइएको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले तिरुपति बालाजी मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग भएको बताएपछि विवाद सुरु भएको हो। प्रसादको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।