add

नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम हो : गृहमन्त्री लेखक






ActPro Nepal

|

२६ माघ, २०८१

|
92

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन्। शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्‌घाटन समारोहमा बोल्दै उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयको पहिलो काम भएको दाबी समेत गरेका छन्। 

सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकको भनाइ रहेको छ। केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उनको विश्वास रहेको छ। 

‘नागरिकता सम्बन्धी विधेयक पनि संसद्‌मा दर्ता भएको छ। अब चाँडै अध्यागमन सम्बन्धी ऐन संशोधनका लागि संसद्‌मा लैजाने तयारी छ। यस्तै निर्वाचन सम्बन्धी ऐन पनि अगाडि बढाएका छौँ। जग्गा प्राप्ति सम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ,’ उनले भने, ‘यस्तै सङ्घसंस्था सम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ। तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन्। बाँकी विधेयक पनि यसै संसद् अधिवेशनमा पुर्‍याउँछौँ ।  चाँडै पास गर्छौं।’

नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्री लेखकको भनाइ छ। 

साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको पनि स्पष्ट पारेका छन्। विधेयकमा भएको कमीकमजोरी संसद्‌मा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा उनको जोड रहेको थियो। 

कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरू महत्त्वपूर्ण काम गरेको पनि उल्लेख गरेका छन्। 

‘क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ,’ गृहमन्त्री लेखकले भने।

यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौति देखिएको समेत बताएका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.