काठमाडौं । सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१÷०५÷३० को सिफारिसमा संघीय संसदका दुवै सदनको चालु अधिवेशन सम्वत् २०८१ साल भदौं ३१ गते सोमवार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ।’
प्रतिनिधि सभाको यो चौथो अधिवेशन हो भने राष्ट्रिय सभाको सोह्रौं अधिवेशन हो। दुवै सदनका चालु अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।