add

श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ : मन्त्री श्रेष्ठ






ActPro Nepal

|

२२ वैशाख, २०८१

|
87

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चय पनि नेपालको कामदार र श्रमिक वर्गका लागि आन्दोलनहरु भएको उल्लेख गरे।

‘नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भिर छलफल गर्नुपर्ने र एउटा यथार्थपरक निष्कर्षमा पुगेर त्यसलाई लागु गर्न संघर्ष वा प्रयत्न गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चयपनि नेपालको कामदार र श्रमिक वर्गका लागि आन्दोलनहरु भएका छन्। तीनै संघर्षहरुको परिणामले नेपालमा ठुलो राजनीतिक परिवर्तन भएको छ।’

नेपालमा भइरहेको राजनीतिक परिवर्तनले आम नेपाली जनता र श्रमिक वर्गलाई दिएको अधिकारको रक्षाका निम्त संधै संघर्ष र प्रयत्न गर्नुपर्ने आजको आवश्यक्ता भएको उनको भनाइ छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.