add

‘ललितपुर महानगरपालिका जनताका समस्याप्रति संवेदनशील छ’






ActPro Nepal

|

२२ वैशाख, २०८१

|
78

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरबासीका आवश्यक्ता र चाहानाहरुलाई मुर्त रुप दिन आफू लालायीत भएको बताएका छन्।

ललितपुर महानगरपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख महर्जनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरु गरिएको उल्लेख गर्दै जनताका चाहाना र आवश्यक्ताका आधारमा बजेट निर्माण गरिने बताए।

‘नगरबासीहरुको चाहानाहरुलाई मुर्त रुपमा कार्यान्वयन गर्नका लागि लालायीत छौं । हामी नगरबासीका समस्याप्रति संवेदनशील छौं। अहिले हामी नगरको नीति तथा कार्यक्रम बनाउनेतर्फ लागिरहेका छौं,’ उनले भने, बजेट मेकिङ सेसन सुरु भइसक्यो। सार्वजनिक सुनुवाईमा नगरबासीहरुबाट प्राप्त भएका सुझाब र पृष्ठपोषणका आधारमा बजेट निर्माण गर्न चाहान्छौं।’

महानगरबासीका लागि आफू नेतृत्वका जनप्रतिनिधिहरु सेवक भएर लागिरहेको महर्जनको भनाइ छ। सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले यातायात सेवामा सहजिकरण र वडा र पालिका तहबाट प्रदान गरिने सेवाहरुको सहज र सरल बनाउँदै जाने प्रतिवद्धता जनाए ।

जनताको आवश्यक्ता पहिचानका लागि गत वर्ष दुई ठाउँमा सार्वजनिक सुनुवाई गरिएको स्मरण गर्दै महर्जनले आफू पालिका बासीले देखाएको बाटोमा हिँडिरहेको दाबी गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.