add

इलाम २ मा मिलन लिम्बूलाई बनायो रास्वपाले उम्मेदवार






ActPro Nepal

|

१५ चैत, २०८०

|
61

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ ।उम्मेदवारका ६ जना आकांक्षीहरूसँगको छलफलमा  उम्मेदवारीका लागि दरखास्त दिएका अन्य पाँचजना पछि हटेपछि लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् । रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको थियो । हालैमात्र माओवादी परित्याग गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए । लिम्बू पहिचानवादी धारका युवा हुन् । उनले कोशी नामकरणको विरोध गरिरहेका पहिचान पक्षधरहरूको साझा उम्मेदवार बन्न चाहेका थिए । तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । स्वतन्त्र जित्दा चुनाव लड्ने छाँट नदेखेपछि उनी रास्वपा प्रवेश गरेका हुन् । वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्बू यसअघि पत्रकार थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.