add

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले भने-‘यात्रुलाई अमर्यादित व्यवहार नगर्नू’






ActPro Nepal

|

१४ चैत, २०८०

|
78

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् ।

उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट परिवर्तनको अनुभूति गराउन समेत अनुरोध गरे । ‘विदेशीका लागि अध्यायमन देशको मुहार हो,’ उनले भने, ‘मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्ने भन्दै जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको उल्लेख गरे।

कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिए ।अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.