add

निष्क्रिय गुटलाई ब्यूँताउँदै सिटौला पक्षको शक्ति प्रदर्शन, सरकारविरुद्ध आन्दोलनको चेतावनी






ActPro Nepal

|

२१ साउन, २०८०

|
308

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो गुटलाई सक्रिय बनाउन थालेका छन् । आफूले अघि बढाएका युवा नेता एकपछि अर्को गर्दै गुट फेरेपछि  कमजोर बनेको सिटौलाले आफ्नो निष्क्रिय रहेको गुटलाई ब्यूँताएका हुन् ।

१३ औं महाधिवेशनमा गगन थापालाई महामन्त्रीमा अघि सारेका सिटौलाले १४ औं महाधिवेशनमा प्रदीप पौडेललाई अघि सारेका थिए। १४ औं महाधिवेशनमा गगनले धोका दिएको भन्दै सिटौलाले प्रदीपलाई सभापति शेरबहादुर देउवाको गुटमा अटाएर महामन्त्रीमा भिडाएका थिए।

उनै सिटौलाले आइतबार राष्ट्रिय सभागृहमा ‘संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रम आयोजना गरी आफू पक्षका नेता कार्यकर्ता जम्मा पारे।  तर, यो संविधानको विषयमा केन्द्रित भएर कार्यक्रम राखिएको भएपनि सिटौलाले आफ्नो गुट सक्रिय रहेको सन्देश प्रवाह गरेको बताइन्छ ।

कार्यक्रममा केन्द्रीय सदस्य पूर्वमन्त्री भीमसेनदास प्रधान, सहमहामन्त्री उमाकान्त चौधरी, कोशी प्रदेश महामन्त्री, प्रदेशसभा सदस्य भूपेन्द्र राई, बागलुङ जिल्ला सभापति प्रदेशसभा सदस्य जीत शेरचन र केन्द्रीप्य सदस्य, बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले सम्बोधन गरे ।

कार्यक्रमको सुरुमै पूर्वमन्त्री भीमसेनदास प्रधानले आफ्नो भनाइ राखे। सिटौलाको प्रशंसा गर्दै प्रधानले संविधान लेखनमा सहभागी उनै सिटौला पटकपटक चुनाव हार्दा संविधान कार्यान्वयन झन् कमजोर भएको तर्क राखे।

गएको निर्वाचनमा पनि सिटौलाले आफूसहित ५ जनालाई टिकट दिलाएका थिए। झापा ३ मा सिटौला पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारे ।

उनीमात्रै नभएर उनको कोटाबाट टिकट पाएका उमाकान्त चौधरी, बारा १, भीमसेन दास काठमाडौं ६, शिव हुमागाइ काभ्रे २ बाट पराजित भए । तर, उनैको कोटाबाट टिकट प्रतिनिधिसभामा काठमाडौं ५ बाट जितेका पौडेलले साथ छाडे । अहिले प्रतिनिधिसभामा उनीसँग निकट कोही सांसद छैनन् ।

सिटौला पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गरेका थिए ।

तर, पहिलो चरणमा कोही सफल बन्न नसकेपछि दोस्रो चरणमा देउवालाई सघाएका थिए । सिटौलाले देउवालाई सघाएपछि पौडेल पराजित भएका थिए । १३ औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्री गगन थापा उठेका थिए ।

महाधिवेशनमा देउवालाई समर्थन गरेपछि सिटौला गुट पनि संस्थापन पक्षमै मिसिएको चर्चा थियो । तर, सिटौलाले पार्टीभित्र देउवासँग आफ्नो गुटमाफ्त नेताहरूलाई मन्त्री वा अन्य नियुक्तिमा कोटा लिइरहेको थिए ।

‘टक सेन्टर’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सभागृहको हल खचाखच थियो। सिटौलादेखि भीमसेनदास प्रधानसम्म मञ्चमा नबसी दर्शकदीर्घामा थिए।

कांग्रेसमा अहिले अन्तरिक सुदृढीकरण अभियान जारी छ। यही अभियानअन्तर्गत सिटौलाले आफ्नो शक्ति प्रदर्शन थालेको कार्यकर्ताहरु बताउँछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.