काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव २०८१’ सुरू भएको छ । १५ दिनसम्म चल्ने उक्त महोत्सव नारायणगढस्थित नारायणी नदी किनारमा शुक्रबारदेखि सुरू भएको हो ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकास, व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ ।
महोत्सव विभिन्न हस्तकला, कृषिउपज, स्थानीय उत्पादन, सवारीसाधन लगायत वस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।
१५ औं संस्करणको चितवन महोत्सव अटोमय भएको छ । अर्थात् चितवन महोत्सवले अटो शोको झल्को दिएको छ । उक्त महोत्सवमा २० अटोमोबाइल ब्राण्डले सहभागीता जनाएका हुन् ।
चितवन महोत्सवमा सहभागी हुने धेरैजसो चिनियाँ इलेक्ट्रीक चारपाँग्रे बाण्डहरू छन् । बीवाइडी, स्काइवेल, नेटा, रिडारा, एक्स्पेङ, दायून, आयोन, विलिङ, केई, बीएडब्लू, लिप मोटर्स लगायत चिनियाँ ब्राण्डको उपस्थिति छ । यसका अलावा हुन्डाई, इसुजु, सिट्रोन, सुजुकी जस्ता ब्राण्डले समेत सहभागीता जनाएका छन् ।
त्यसैगरी, दुइपाँग्रे तर्फ एथर इलेक्ट्रीक स्कुटर, हिरो र टीभीएसले समेत सहभागी रहेको छन् । कर्मसियलतर्फ सीजी मोटर्सले बिक्री गर्दै आएको केवाइसी र किङलगंका भ्यानहरू सहभागी छन् ।
महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।