दोधारा । नेकपा एमाले दोधारा चाँदनी नगरपालिकामा बाढीको कारण समस्यामा परेकाहरुलाई तत्काल राहत तथा क्षतीपुर्तीको माँग राख्दै बाढीको दीर्घकालीन समस्या समाधानको लागी तिनै तहको सरकार संग माग राखेको छ् ।
नेकपा एमाले दोधारा चाँदनी नगर कमिटि सचिव गणेश भाटद्धारा आज जारी प्रेस बिज्ञप्तीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, ७, ८ र १० लगाएत वडाको बस्तीमा जगबुडा नदीको पानीले प्रभावित भएकाहरुलाई तत्काल राहत तथा क्षतीपुर्ती सहित बाढी र डुवानको दीर्घकालीन समाधान गर्न तिनै तहको सरकार संग माँग गरेको छ् ।
‘अबिरल वर्षाको कारण जगबुडा नदीमा पानीको मात्रा अत्यधिक भई दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को पटरा खल्ला, वडा नं. ७ को रामपुरे टापु, वडा नं. ८ को जर्का टोल, सुन्दरनगर, वडा नं. १० को शान्ती टोल र गिरी टोलमा जगबुडा नदीको पानी बस्तीमा पसेर डुवान भई किसानहरुको धानवाली र घरमा भएको क्षतीको बिषयमा नेकपा एमाले दोधारा चाँदनीको गम्भिर ध्यान आकर्षण भएको छ् ।
प्राकृतिक प्रकोपको यस घडीमा पार्टीको नगरको सम्पुर्ण पंक्तीलाई आ–आफ्नो ठाँउमा उद्धारमा खटिन निर्देशन गर्दै नदी तटिय क्षेत्रका सम्पुर्ण नगरबासीहरुलाई सर्तक रहन र सुरक्षित बस्न अनुरोध गर्दै बाढी तथा डुवानको दीर्घकालीन समाधान र पिडित परिवारलाई तत्काल राहत र क्षतीपुर्तीको लागी नेकपा एकाले दोधारा चाँदनी नगरकमिटि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार संग जोडदार माँग राख्दछ्’ नेकपा एमाले दोधारा चाँदनी नगरकमिटि सचिव गणेश भाटद्धारा जारी एक प्रेश बिज्ञप्तीमा भनिएको छ् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।