add

काठमाडौंका सडक परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा






ActPro Nepal

|

८ पुष, २०८१

|
25

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण भएका एवं मर्मत भएका सडकहरूको गुणस्तर परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा पठाउने गरेको छ ।

उक्त परीक्षणबाट कालोपत्र गर्न प्रयोग गरिएको ‘बिटुमिन’ को मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, खँदिलोपना, निर्माण सामग्रीको मिश्रण मात्राका बारेमा थाहा पाउन सकिने कामपाको भनाइ छ ।

सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ गरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । कामपाको अनुगमन समितिको संयोजकसमेत रहेको डङ्गोलले कोर कटिङले मर्मत भएका सडकहरूको अवस्था थाहा पाउनका लागि निकै सहयोग पुग्ने बताइन् ।

पूर्वाधार सुधार गरेर काठमाडौँलाई धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब रू १ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

कामपाको भौगोलिक क्षेत्रलाई चार भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१, ३२ पर्छन् । यी वडामा काम गर्न करिब रू. ९० करोड लागत अनुमान गरिएको थियो ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार शाक्यका अनुसार धुलोरहित सडक कार्यक्रम अन्तर्गत कुनै पनि ठाउँ नछोडी सबै सडक कालोपत्र हुनेछ । मर्मतसम्भार कार्यक्रम र पूर्वाधार एम्बुलेन्स कार्यक्रमअन्तर्गत भत्किएको, भासिएको वा बिग्रिएको ठाउँलाई तत्काल मर्मत गर्ने काम हो । यसमा पनि सडक कालोपत्र गर्ने काम गरिन्छ । तर, यो खण्ड खण्डमा मात्र हुन्छ ।

‘सहरलाई धुलोरहित बनाउन कामपाले पूर्वाधार निर्माण गरेपछि यसको उपयोगमा स्थानीयवासीबाट पूरा गर्नुपर्ने दायित्व पनि छन्,’ वडा नं ४ का अध्यक्ष दिनेश महर्जन भने, ‘घर, पसल वा व्यवसायको भुइँ बढारेको उत्पादन भएको धुलो सडक र नालीमा फाल्ने आचरणमा सुधार आउनुपर्छ । धुलोरहित कार्यक्रमको दिगो प्रयास यहीँबाट सुरू हुन्छ, बानीमा परिवर्तन ल्याउनुपर्छ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.