add

आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउने गठबन्धनको निर्णय (बिज्ञप्तिसहित)






ActPro Nepal

|

२० साउन, २०७९

|
972

काठमाडौं । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ।  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।

तालमेलका लागि सिट बाँडफाड गर्न ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । 

कार्यदलमा नेपाली कांग्रेसबाट तीन जना, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबाट दुई-दुई जना सदस्य रहेका छन् । 

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जनता समाजवादी पार्टी (जसपा)बाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् । कार्यदललाई साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको अवस्था विश्लेषण गरी सीट बाँडफाटको मोडालिटीसहितको सुझाव पेश गर्न निर्देशन दिइएको छ। 

कार्यदलले भदौसम्म भागबन्डाको टुंगो लगाउने भनिएको छ ।

गठबन्धन दलबीच तालमेल हुने भएपनि भागबन्डा पेचिलो बन्ने आकलन गरिएको छ । कांग्रेससले प्रतिनिधि सभाको १६५ सिटमध्य ९० भन्दा बढी सिटमा दाबी गर्दै आइरहेको छ । त्यस्तै माओवादी केन्द्रले ५० भन्दा बढी सिट दाबी गर्ने बताइएको छ । त्यस्तै जसपा र एकीकृत समाजवादीले पनि धेरै सिट दाबी गरेको बताइएको छ । 

यस्तो अवस्थामा सहमति गरेर सिट बाँडफाट गर्न कार्यदल बनाइएको हो  । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.