add

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडबारे छलफल हुने






ActPro Nepal

|

२० साउन, २०७९

|
514

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणालगत्तै सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सरकारले चुनाव घोषणा गरेपछि पहिलो पटक सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुने बताइएको छ ।

यसअघि सरकारले बिहीबार आउँदो मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ।स्थानीय निर्वाचनमा पनि तालमेल गरेको सत्ता गठबन्धनले आउँदो निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ ।

तर सिट बाँडफाँडको खाका भने तयार भइसकेको छैन । कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी गठबन्धन दलहरूसँग तालमेल गर्ने केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय गरिसकेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.