add

मोदीको लुम्बिनी भ्रमण(फोटो फिचर)






ActPro Nepal

|

२ जेठ, २०७९

|
1032

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा आएका छन् । मोदीले करिब ६ घण्टा लुम्बिनीमा बिताउने बताइएको छ ।

करिब ११ बजे लुम्बिनीमा हेलिकप्टरबाट आएका मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए । 

त्यसपछि मोदीले प्रधानमन्त्री देउवासँगै मायादेवी मन्दिरको दर्शन गरेका थिए । 

‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु,’ मोदीले ट्वीटरमा लेखेका छन्, ‘नेपाल आइपुगेको छु । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरुमाझ हुन पाउँदा खुशी लागेको छ । लुम्बिनीमा हुने कार्यक्रमहरुमा सहभागी हुने अपेक्षामा छु ।’ 

त्यस्तै प्रधानमन्त्री देउवा र मोदीले ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एण्ड हेरिटेज’को संयुक्त रुपमा शिलान्यास गरेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनीमा ६ घण्टा बिताएर उनी आजै स्वदेश फर्कने जनाइएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.