add

मधेस सरकारमा बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी






ActPro Nepal

|

१३ वैशाख, २०८१

|
176

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीबाट मधेस प्रदेश सरकारमा गएकी बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएकाे छ।

गत वैशाख ६ गते बनाविभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरिन्। लुंगेली सर्लाही १ (१) बाट निर्वाचित भएकी हुन्।

यस्तै माओवादी केन्द्रबाट भरतप्रसाद साह पनि बिनाविभागीय मन्त्री छन्। उनी अर्थ मन्त्रालय लिने अडानमा छन्। मुख्यमन्त्री सरोजकुमार यादवले पछिल्लाेपटक विश्वासको मत लिने बेलामा अर्थ मन्त्रालय दिने वचन दिएकाे उनकाे दाबी छ।

यादवले भने उनलाई वन तथा वातावरण मन्त्री बनाउन चाहेकाे बताइएकाे छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.