‘कसैको छोरी कसैको श्रीमती भनेर महिला भित्रको क्षमतालाई अवमूल्यन गरिँदैछ, एकपटक भूमिका दिऊँ’-प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिर्जना सिंह र रेणु दाहाललाई कसैको छोरी कसैको श्रीमती भनेर अवमूल्यन गरिएको बताएका छन् ।

काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तः कुरा बताएका हुन् । हुन त भरतपुर र काठमाडौंको मेयरका बारेमा अनावश्यक टिकाटीप्पणी भइरहेका छन्।

कसैलाई छोरीको रुपमा कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको क्षमतामा अवमूल्यन गर्ने एक थरी मानिसका कोसिस छन्,’ प्रचण्डले भने, ‘म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु।

उनले महिला कार्यकारी पदमा भएको ठाउँमा राम्रो काम भएकाले महिला नेतृत्वलाई विश्वास गर्न समेत आग्रह गरे । ‘

अहिले घटनाक्रमले के देखाएको छ भने महिला जहाँ जहाँ कार्यकारी नेतृत्वमा नेतृत्वमा त्यहाँ त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘त्यसैले महिलाहरुलाई विश्वास गर्ने उनीहरुको योग्यतालाई सम्मान गर्ने देशकै आवश्यकता हो भन्छु ।’

देशको पहिचान राजधानीले दिने भएकाले नेपाल कस्तो बन्छ भन्ने काठमाडौं कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाइ छ ।

सम्पदाका दृष्टिले काठमाडौं सुन्दर भएपछि शासन र सुशासन भ्रष्टाचारको दृटिले गर्व गर्न नसक्ने स्थिति भएको उनले बताए । तर राजधानीलाई गर्व गर्न लायक बनाउन अहिलेका गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु पर्ने उनको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।