add

प्रकाशमानको स्पष्टीकरण -'भ्रममा नपर्नुस्, कुनै पदका लागि देउवालाई समर्थन गरेको होइन'






ActPro Nepal

|

२८ मंसिर, २०७८

|
345

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको स्पष्टीकरण दिएका छन् ।

मंगलबार साँझ मतदान चलिरहँदा सिंहले एक वक्तव्य जारी गर्दै आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।

सिंहले निश्चित  कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन् ।

यस्ताे छ वक्तव्य:

आदरणीय पत्रकार साथीहरू
जय नेपाल

नेपाली काँग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ । निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरूप उहाँलाई समर्थन गरेको हुँ कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु ।

जय नेपाल

प्रकाशमान सिंह


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.