काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (आज) दिउँसो १ बजे बस्ने भएको छ ।
नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक आज बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने बताएका छन्।
प्रवक्ता श्रेष्ठले आफ्नो आधिकारिक ट्वीटर् ह्याण्डलमार्फत् दिएका जानकारीमा भनेका छन्–‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ ।’
यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले आज ३ बजेको लागि बस्ने गरी टुङ्ग्याएको थियो ।
Comment