add

कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी सहित तीन नेता पार्टीबाट निष्कासित






ActPro Nepal

|

१० साउन, २०७७

|
1637

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीका पूर्वमन्त्री गोविन्दराज जोशी लगायत तीन नेतालाई कारबाही गरेको छ ।  

कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निस्कासित गर्ने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

कारबाहीमा परेका तीन जनासँग यसअघि स्पष्टीकरण मागिएको तर चित्तबुझ्दो स्पष्टीकरण नआएको भन्दै कारबाही गरेको कांग्रेसले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जोशीले गत प्रतिनिधिसभा निर्वाचनमा तनुहँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । उनीविरुद्धको भ्रष्टाचार मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी नै खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्‍नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.