add

काेराेना संक्रमणका कारण अर्थतन्त्रमा पारेकाे असर अध्‍ययन गर्न कांग्रेसले बनायाे समिति






ActPro Nepal

|

२४ वैशाख, २०७७

|
1693

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाका कारण अर्थतन्त्रमा परेको असरबारे अध्ययन गर्ने भएकाे छ ।

त्यसका लागि का‌ंग्रेसले अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेकाे छ । १७ वैशाखमा बसेकाे पार्टी केन्द्रीय समिति बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले  नेता डा. रामशरण महतकाे संयाेजकत्वमा समिति बनाएका हुन् ।

काेराेनाले अर्थतन्त्रमा पारेकाे असरबारे गहन अध्ययन गर्न का‌ग्रेसले १४ सदस्सीय समिति गठन गरिएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पाैडेलका अनुसार देशका विविध क्षेत्रमा कोरोनाले पारेको असर अध्ययन, विश्लेषण तथा देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति बनाउने निर्णय अनुसार सो समिति बनाइएको हो ।

समितिमा यसअघि अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका नेतालाई राखिएको छ ।

सो समितिलाई तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने जिम्मा दिइएको छ । 

यस्ताे छ समिति:

१, संयोजक — डा. रामशरण महत

२, सदस्य — श्री महेश आचार्य

३, सदस्य — श्री ज्ञानेन्द्रबहादुर कार्की

४, सदस्य — डा. नारायण खड्का

५, सदस्य — डा. मिनेन्द्र रिजाल

६,, सदस्य — श्री चिनकाजी श्रेष्ठ

७, सदस्य — श्री दिपकुमार उपाध्याय

८, सदस्य — श्री भरत शाह

९, सदस्य — श्री उदय शमशेर राणा

१०, सदस्य — डा. पृथ्वीराज लिगल

११, सदस्य — डा. शंकर शर्मा

१२, सदस्य — डा. जगदीशचन्द्र पोख्रेल

१३, सदस्य — डा. गोविन्द पोख्रेल

१४, सदस्य — डा. स्वर्णिम वाग्ले



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.