add

सांसद यादवले दिए मानव अधिकार आयोगमा निवेदन






ActPro Nepal

|

१८ वैशाख, २०७७

|
1302

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले सत्तारुढ नेकपाका   सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्ध अपरहणको निवेदन दिएका छन्।

सांसद यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लगाउँदै मंगलवार दिउँसो राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका हुन्।

बिहीबार ललितपुरस्थित आयोगको कार्यालय पुगेर जसपाका नेताहरुले उजुरी दर्ता गराएका हुन्। यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले उजुरी लिन अस्वीकार गरेका थिए।

सरकारी वकिलको कार्यालयमा आज पनि पुनः उजुरी दर्ताको प्रयास गरिने पार्टीका नेताहरुले जनाएका छन्।राष्ट्रिय मानव अधिकार आयोगबाट निस्केको टोली सरकारी वकिलको कार्यालय जान लागेको महासचिव केशव झाले जानकारी दिएका छन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.