add

साँसद अपहरणमा संलग्नहरुलाई कारवाही गर्न रावलको माग






ActPro Nepal

|

११ वैशाख, २०७७

|
814

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले साँसद अपकरणमा संलग्नहरुलाई कारवाही गर्न माग गरेका छन् । 

समाजवादी पार्टीलाई फुटाउने क्रममा जनकपुरबाट सुरेन्द्र यादवलाई अपहरण गर्न पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेकपा भक्तपुरका नेता महेश बस्नेतलगायतको संलग्नताको कुरा बाहिरिएको बेला रावलले यस्ता माग गरेका हुन् । खनाल र बस्नेतले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् भने समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, उनका सहयोगी विश्वदीप पाण्डेलगायतले भने यादवको अपहरण भएको र त्यसमा खनाल, बस्नेतलगायतको संलग्नता रहेको दावी गर्दै आएका छन् । 

नेता रावलले सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ भन्दै यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारवाही हुनुपर्छ भनेका छन् ।  

 त्यस्तै, काँग्रेस नेता रामहरि खतिवडाले साँसद अपहरणमा पूर्वआईजीपी संलग्न भएको हो भने तुरुन्त पक्राउ गरी उनलाई तुनामा राख्नुपर्छ भन्दै नियुक्तिको आश्वासन दिएर अपहरण गर्न र पार्टी फोर्न लगाउने कुरा ठूलो अपहरण हो भनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य बनाउने लोभमा खनाललाई यादवको अपरण गर्न लगाइएको आरोप लगाइएको छ । 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.