add

संसद नजिकै सुरक्षा घेरा तोड्दै कांग्रेसद्वारा सरकार विरुद्ध प्रतिरोध आन्दोलन प्रारम्भ






ActPro Nepal

|

११ वैशाख, २०७७

|
1301

काठमाडौ । लोकतन्त्र दिवसमा राजधानी काठमाडौस्थित संसद भवन, नयाँ बानेश्वर चौकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिको घेरा कतोड्दै बर्तमान संविधान जारी गर्ने संविधानसभा सदस्य  रन्जित कर्णको नेतृत्वमा कांग्रेसले सरकार विरुद्ध प्रतिरोध आन्दोलन प्रारम्भको घोषणा गरेका छन् ।

नेबिसंघका पुर्ब कावा अध्यक्ष समेत रहेका आन्दोलनकारी नेता क्षितिज भण्डारी आन्दोलनमा प्रहरीले लखेटेको भएपनि दोहोरो झडप भने नभएको बताउदै नेपाली कांग्रेस सहित प्रतिपक्षी दलहरूको लाईन बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेको संन्देश दिन सामाजिक दुरि सहितको १ घण्टाको शान्तिपुर्ण प्रतिरोध आन्दोलन सफल भएको दाबी गर्छन् ।


नेपाली कांग्रेस युवानेता रन्जित कर्ण ले सम्बोधन गर्दै आफ्नो ज्यानको परवाह नगरी आजको आन्दोलनको नेतृत्व गर्ने सबैलाई धन्यवाद दिदै नेपाली कांग्रेस, नेबिसंघ र तरुण दलकालाई लोकतन्त्र बचाउन सबैको साथ र सहयोग नेपाल आमाले मागेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट लकडाउनकै बीच सरकारको विरुद्धमा प्रदर्शन  गर्दै नेता कर्णले विवादित दुई अध्यादेश तत्काल खारेज गर्न माग गरेका थिए । सो क्रममा कांग्रेस नेता कर्णले अब बैठक बसेर पार्टीहरु र भातृसस्था द्वारा सरकार विरुद्ध अझ कडा प्रर्दशन गरिने बताए ।


सो प्रदर्शनमा कांग्रेस युवा नेता क्षितिज भण्डारी, नेपाल तरुण दलका नेता कृष्ण सापकोटा, नेबिसंघ केन्द्रीय नेताहरु  सन्दिप निरौला, ऋषि कोइराला, योगेश भट्ट, बिनोद शाही ठकुरी, महेन्द्रराज जोशी, भूपेन्द्र जोशी सहित दर्जनौं  थिए ।  भ्रष्टाचारीलाई कर्वाही गर्न, गरिबलाई खाना दिन, पुर्ब सचिव भिम उपाद्य्याय र ज्ञानेन्द्र शाही सहित निर्दोषहरुको रिहाई, दल बिभाजन खेल रोक्न लगायत प्ले कार्ड प्रदर्शन गएदै बानेश्वर केन्द्रित आन्दोलन केन्द्रीय नेता भुवन भट्टको संयोजनमा भएको थियोे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.