काठमाडौं । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको उपलक्ष्यमा गरीव तथा विपन्न वर्गलाई खाद्यान्न वितरण गरिएको छ ।
लकडाउनका बेला गरीब विपन्नलाई चुलोचौको गर्न समस्या हुदा संघको स्थापना दिवसको अवसर पारेर शनिवार नेविसंघ नुवाकोट क्षेत्र नम्बर १ ले बिदुरमा रहेको आमाको माया छात्राबासलाइ चामल ,नुन , तेल ,सावन , तरकारि ,दाल लगायत खाद्यान्न सामाग्रीहरु वितरण गरिएको नेपाल विद्यार्थी संघका निवर्तमान क्षेत्र नम्बर १ का विद्यार्थी नेता कृष्ण मिश्रले जानकारी दिए ।
त्यस्तै लकडाउको समयमा पनि छात्रवासमा आएर खाद्यान्न सहयोग गरेको भन्दै छात्रवासका अध्यक्ष सोमप्रसाद पाण्डेले नेवसिंघ नुवाकोट क्षेत्र नम्बर १ का पदाधिकारीप्रति आभार व्यक्त गरे ।
नेपाली कांग्रेस लिखु गाउँपालिका वडा नम्बर २ का सभापति ठाकुरप्रसाद ढकालवाट तरकारि र अन्य सामाग्रीहरु स्थानिय जगदिश कुईकेल , महानन्द ढकाल , कृष्ण मिश्र ,बिष्णुहरि मिश्र, सुमन कुमार महत ,सन्जिब सुबेडि ,वसन्त मिश्र ,नमराज मिश्र , भृर्गुरिसि मिश्र ,रामेश्वर मिश्र ,ठाकुर प्र कुईकेल ,रिसव कुईकेल , हस्त बा ढुङ्गाना , किरण कार्कि ,सिताराम मिश्र, रबिन्द वाईवा लगायतले सहयोग गरेका थिए ।
सहयोग हस्तान्तरण गर्न नेबिसंघ पुर्व जिल्ला अध्यक्ष जगदिश कुईकेल , नेताहरु उपेन्द्र मिश्र ,नबराज सुबेदि लगायत गएको अध्यक्ष मिश्रले बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।