काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध लड्न सरकार पुर्ण तयारीमा रहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘९ जनामा संक्रमित देखिए पनि हामी उच्च जोखिममा छौं। सावधानी अपनाएनौं भने भयावह स्थिति हुनसक्छ।’ उनले भने, ‘यस महामारीबाट जोगिने मुख्य कुरा भनेको नै सामाजिक दुरी कायम गर्नु हो । यस महामारी विरुद्ध हामीले समयमै सहि मदम चालेका छौँ ।’ विदेशबाट फर्किएकालाई सम्पर्कमा आउन उनले अनुरोध गरेका छन्।
कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत १ गतेबाट विदेशबाट आएकालाई सम्पर्कमा आउन अनुरोध गरेको थियो। तर, संक्रमित बिरामी विमानमा सँगै आएका पनि सम्पर्कमा आएका छैनन्।
सम्बोधन गर्दै उनले आज देखि थप एक साताको लागि देश लकडाउन गर्न बाध्य भएको उनले बताए । यस्ता संकटका बेला प्रदेश, स्थानीय तहको भुमिका महत्वपुर्ण हुने अनुभुति गरिएको उनको भनाई छ ।
त्यस्तै, प्रधानमन्त्री ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेकोले कोरोविरुद्धको लडाइमा थप सावधानी अपाउनुपर्ने बताए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।