add

घरमै बसेर कोरोना भए नभएको परिक्षण गर्ने ‘स्व–परीक्षण एप’ सार्बजनिक गर्दै नेपाली कांग्रेस






ActPro Nepal

|

२५ चैत, २०७६

|
1971

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । काग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

 वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए । साथै कसैमा कोरोना सङ्केत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त वेब एपको विशेषता रहेको छ ।

 नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए ।

 उक्त एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष, डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानालाई तोकिएको छ ।

 एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ । थप सुझाव ग्रहण गर्दै वेब एपको भर्सन परिमार्जित गरिँदै जाने प्रवक्ता शर्माले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.