काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग टेलिफोनमा छलफल गरेका छन्।
देउवाले पूर्व प्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल झलनाथ खनाल, डा.बाबुराम भट्टराई तथा पूर्व मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग आइतबार टेलिफोनमा छलफल गरेका छन्।
टेलिफोन छलफलमा मुलुकमा उत्पन्न संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर अघि बढ्न देउवाले अपिल गरेको उनको सचिवालयले जनाएको छ।
कांग्रेस सभापति देउवाले यसअघि आफ्नो पार्टी सरकारलाई पूर्ण रुपमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै सरकारका कदमलाई साथ दिन नागरिकहरुलाई अपिल गरेका थिए।
कोरोना संक्रमणबाट नेपाल र नेपालीलाई कसरी जोगाउने भन्ने विषयमा पूर्व प्रधानमन्त्रीहरु छलफल गरेको देउवाले ट्वीरमा उल्लेख गरेका छन् ।
उनले लेखेका छन् – ‘अहिलेको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छू ।’
पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें l
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु l
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 5, 2020
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।