काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।
शनिबार अपरान्ह प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “कोरोनाको महामारी स् प्राईमको खबरदारी” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्, सरकार गठन भएको अढाई वर्ष भैसक्यो, यो सरकार पूर्ण रुपमा असफल भैसकेको छ । अब प्रधानमन्त्री ओलीले मध्यावधि चुनाव गर्नुपर्छ ।
त्यस्तै, उनले स्वास्थ्य सामग्री खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै यो प्रकरणमा मुख्य जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोरखरेलले लिनुपर्ने बताए । उनले उपप्रधानमन्त्री पोखरेलले तत्काल राजनीमा दिनुपर्ने माग गरे ।
उनले भने,यदि राजीनामा दिएनन भने हामी आन्दोलन गर्छौं । उहाँ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक भएको नाताले उहाँले जिम्मेवारी लिनुपर्छ ।” कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको राम्रो भन्दै यसको समयावधि थप्नुपर्ने समेत उनले सुझाव दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।