काठमाडौं । नेकपा संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीमा पाँचौ बरियताभित्र पर्ने शीर्ष नेता हुन । नौ सदस्यीय सचिवालयमा गौतमको पक्षमा आफूमात्रै हुन्, स्थायी कमिटीमा पनि देखाउनलाई दोस्रो व्यक्ति छैन।
पार्टीमा कमजोर भएपछि गौतमलाई साथ दिदै आएका नेताले समेत गुट बदल्दै गएका छन्। केन्द्रीय कमिटीमा पनि उनको पक्षमा मुस्किलले १४ जना जति पुग्छन्। तर, ती केन्द्रीय सदस्यहरुले समेत खुलेर गौतमको पक्षमा ओकालत गर्दैनन्।
गौतमको पक्षमा बलराम बास्कोटा, हरि पराजुली, गणेश ठगुन्ना, सावित्रीकुमार भुसाल, यामलाल कँडेल, बसन्त मानन्धर, मोहन बानियाँ, माधवप्रसाद अर्याल, राधा ज्ञावली, केशव श्रेष्ठ, रामकुमार राई लगायत नेता छन्।
सचिवालयका ९ जना नेतामध्ये झलनाथ खनाल, ईश्वर पोखरेल र विष्णु पौडेलमध्ये गौतम बढी शक्तिशाली मानिन्छन्। झलनाथ खनाल तत्कालीन एमाले अध्यक्ष र प्रधानमन्त्री भइसकेपछि सिथिल भएका कारण गुट कमजोर भयो। ईश्वर पोखरेल अध्यक्ष ओली निकट भएकाले आफ्नै बलियो गुट बनाउन सकेका छैनन्। विष्णु पौडेल दुवै अध्यक्षको नजिक भएर काम गर्दै आएकाले गुट बनाएका छैनन्। पौडेल पहिले ओली निकट भन्ने गरिए पनि पछिल्लो समय अध्यक्ष प्रचण्डतिर ढल्किँदै जान थालेका छन्।
पार्टीमा ओली, प्रचण्ड, नेपाल, श्रेष्ठ र बादल समूहले आ-आफ्नै गुट सशक्त रुपमा चलाइरहेकै छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।