काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १९ जना सांसदहरु सोमबारबाट बिदा भएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकपछि नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसदले बिदा लिएका हुन् ।
अर्थमन्त्रीसमेत रहेका डा युवराज खतिवडाको कार्यकाल पनि आजैदेखि सकिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुन: नियुक्त गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको स्रोतले जनाएको छ । स्रोत भन्छ प्रधानमन्त्रीज्युले अस्पताल जानु अगाडी सबै आवश्यक ब्यबस्था मिलाईसक्नु भएको छ, उहाँ नै अर्थमन्त्री हो, सिफारिस भईसकेको छ, बुधबार सपथ हुन्छ ।
सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान अनुसार प्रधानमन्त्रीले उनलाई नियुक्ति गरेको स्रोतले जनाएको छ । यस संगै खतिवडा कम्तिमा ६ महिना अर्थमन्त्रीको रुपमा रहने छन् । उनले नै आर्थिक वर्ष ७७ र ७८ को बजेट ल्याउने छन् ।
यद्यपि राष्ट्रिय सभा सदस्यमा भने कसलाई सिफारिस गर्ने बारे टुंगो लागि नसकेको स्रोत बताउछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।