काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गोकुल प्रसाद बाँस्कोटामाथि किन गम्भिर छानबिन सुरु नगरेको भन्दै प्रश्न गरेका छन ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा उनले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको अडियो सार्वजनिक हुँदा पनि छानबिन नहुनु दुःखको विषय भएको भन्दै प्रश्न गरे । “म सम्माननीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु ,‘बाँस्कोटाले ७० करोड कमिशन डिल गरेको प्रकरण एक हप्ता पुगिसक्दापनि गम्भिर छानबिन नहुनु दुःखद् हो । त्यो अडियोमा हामी भनिएको छ, त्यो हामीमा को–को पर्दछ रु कसलाई भनेका हुन् ? देउवाले भने ।
उनले यो प्रकरणमा गम्भिर छानबिन नभईकन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अडियो नक्कली किन भन्नुभयो रु भन्दै कडा प्रश्न गरे । उनले भने,‘उहाँले यसो भन्दा त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् रु तपाईको बोलीको विश्वसनियता कमजोर भएन रु’
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।