काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूतमा विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउने भएका छन् ।
भारतीय सञ्चार माध्यमहरुकाअनुसार उनी अमेरिकाका लागि भारतीय राजदूत बन्ने अनुमान थियो । तर उनलाई भारत सरकारले नेपाल पठाउने तयारी गरेको छ ।
लैनचौरस्थित भारतीय दूतावास स्रोतका अनुसार क्वात्रा यसअधि फ्रान्सका लागि भारतीय राजदुत रहेका थिए । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको कार्यकाल सकिएपछि उनी भारत फिर्ता भइसकेको अवस्था छ । फ्रान्समा कार्यरत क्वात्रालाई भारत सरकारले नेपालका लागि राजदुत पठाउन हो ।
भारत सरकारको प्रधानमन्त्री कार्यालयमा काम गरेको अनुभव साथै सुरक्षा सल्लाहकार कार्यालयमा काम गरिसकेका क्वात्रा विशेषगरी विदेशी मामिलाका जानकारको रूपमा पनि उनलाई लिने गरिन्छ ।फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।
सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा भारतको प्रतिनिधित्व गरेका थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।