add

दिल्लीमा भड्कियो हिंसा सेना परिचालन गर्न मुख्यमन्त्री केजरीवालको माग






ActPro Nepal

|

१४ फागुन, २०७६

|
841

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा बुधबार बिहानैदेखि हिंसा भड्किएको छ ।

झडपका क्रममा  भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा नियन्त्रणका लागि सेना परिचालन गर्न माग गरेका छन्।

मुख्यमन्त्री केजरीवालले ट्विट गर्दै अनेक प्रयास गरिए पनि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसकेका कारण सेना परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।

दिल्लीको सर्वाधिक हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार अबेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग छलफल गरेका थिए ।

दिल्ली उच्च अदालतको मंगललबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ बनाउन र घाइतेहरुको उपचारका लागि उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । उनीहरुले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर समेत प्रदर्शन भएको छ ।

प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवाल निवासअघि प्रदर्शन गर्नेमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य छन् ।

उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।

गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका मानिसहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मंगलबार डरलाग्दो रुप लिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.