प्रतिनिधि सभाको सभामुखको उम्मेदवार अग्नि सापकोटा बिरुद्द सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाई आज नहुने भएको छ । रिटको पेशी न्यायधीश हरि प्रसाद फुयालको एकल इजलासमा तोकिएकोमा उनले रिट हेर्न नमिल्ने भएपछि आज सुनुवाई नहुने भएको हो ।
न्यायधिश फुयालले यस अघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेका थिए । न्यायधिश हुनु अगावै उनले यस्तै प्रकृतिको मुद्दामा बहस गरेकोले उनले यो रिट हेर्न नमिल्ने भएको हो ।
शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटा बिरुद्द त्या अभियोग लागेकोले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान थाल्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा त्रिपाठीले जिल्ला प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यला , जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई समेत विपक्षी बनाएका छन् । काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा पनि विचाराधीन छ । न्यायधिश फुयालले सोहि मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेका थिए ।
प्रतिनिधिसभामा आज नै सभामुखको निर्वाचन हुदै छ । निर्वाचनमा सापकोटा एक्ला उम्मेदवार हुन् । अर्थात् निर्वाचनपछि उनी सभामुख चयन हुने निश्चित छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।