add

ज्वरो आएको बेला प्रतिरक्षा प्रणाली बलियो बनाउन खानुहोस् यी खानेकुरा






ActPro Nepal

|

४ जेठ, २०७८

|
2339

काठमाडौं । ज्वरो आएको बेला शरीरको उर्जा कम हुनुका साथै प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ ।

यस्तो समयमा पचाउन सजिलो हुने, पोषक तत्वले भरिएको खाना तथा शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुरामा जोड दिनुपर्ने हुन्छ । सही प्रकारको खानाको छनौट गर्नु निको हुनका लागि आवश्यक हुन्छ । बिरामी परेको बेला केही खान मन नलाग्ने, मुखमा स्वाद नहुने तथा शरीर डिहाइड्रेटेड पनि हुनेगर्छ ।

जसकारण प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र छिटो निको हुन पानीको मात्रा उच्च भएको खाद्य पदार्थको सेवन गर्नुपर्ने हुन्छ । ज्वरोबाट ग्रस्त भएको बेला कुखुराको मासुको झोल पिउन सुझाव दिइन्छ । कुखुराको मासु प्रोटिन र फाइबरले भरिएको हुन्छ, जुन ज्वरो आएको बेला शरीरलाई चाहिने दुई अति महत्त्वपूर्ण पोषक तत्व हुन् ।

तातो तरल पदार्थले शरीरलाई छिटो निको पार्न, उर्जा दिन र शरीरलाई हाइड्रेटेड राख्न सहयोग गर्छ । त्यस्तै ज्वरो आएको बेला उसिनेको अण्डा खानु पनि उचित हुन्छ । अण्डामा हुने प्रोटिनले शरीरलाई उर्जा दिन्छ । साथै, अण्डामा हुने भिटामिन बी ६ र बी १२, जिङ्क र सेलेनियमले शरीरको प्रतिरोध क्षमतालाई बलियो बनाएर रोगसँग लड्न सहज बनाउँछ ।

ज्वरो आएको समयमा अण्डाको सेवन गर्नका लागि यसलाई उमालेर र अण्डाको सलाद बनाएर गर्न सकिन्छ । त्यस्तै, ज्वरो आएको समयमा प्रोटिन, भिटामिन तथा ओमेगा ३ ले भरिएको र कम तेलमा बनाएको माछाको पनि सेवन गर्न सकिन्छ । तर, शरीर एकदम कमजोर भएमा सुप, फलफूल तथा खिचडी खान सुझाव दिइन्छ ।

ज्वरो आएको समयमा वा अन्य बिरामी भएको बेला धेरैले खिचडी खान रुचाउँछन् । खिचडी बनाउनका लागि दाल, गेडागुडी वा अन्य तरकारीहरूको पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, ज्वरो आएको समयमा फ्राइ गरिएका, धेरै तेल वा मसला प्रयोग गरिएको, चिल्लो तथा गुलियो पदार्थको सेवन गर्नु हुँदैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.