add

मास्क लगाउने निर्देशिका परिवर्तन, कहाँ र कसरी लगाउने मास्क ?






ActPro Nepal

|

२८ जेठ, २०७७

|
740

काठमाडौं ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसलाई रोक्नका लागि सबै जना सावधानी अपनाइरहेका छन् । यसैबीचमा विश्व स्वास्थ्य संगठन(डब्लुुएचओ)ले मास्क लगाउने वियषमा जारी गरेको निर्देशिकामा केही परिवर्तन गरेको छ ।

विश्वभर व्यापक रुपमा फैलिरहेको कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्क लगाउनुुपर्नेमा डब्लुुएचओले जोड दिएको छ । मास्क कुुनै बेला लगाउने, कस्ता मानिसले लगाउने र मास्क कस्तो हुुनुुपर्ने विषयमा डब्लुुएचओले स्पष्ट पारेको छ ।

डब्लुुएचओले मास्क लगाउने विषयमा जारी गरेका केही नयाँ निर्देशिकाहरु यस्ता छन्ः

१.यी स्थानहरुमा लगाउनुुस मास्क

विश्व स्वास्थ्य संगठनका प्रमुुख टेड्रोस अदनोमका अनुुसार कोरोना संक्रमणको जोखिम धेरै भएका ठाउँहरु र सामाजिक दुुरी कायम गर्न गाह्रो हुुने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउनुु पर्दछ । जस्तै कि सार्वजनिक यातायात, पसलहरु र अन्य भिडभाड अत्यधिक हुुने ठाउँहरुमा जानुुपर्दा ।

यि स्थानहरुमा मानिसहरुको चहलपहल धेरै हुुने भएकाले संक्रमणको जोखिम उच्च रहने गर्दछ र सम्भावित जोखिमबाट बच्नका लागि यि स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउनुु पर्दछ ।
 
२.बिरामीका लागि अनिवार्य

डब्लुुएचओका प्रमुुख टेड्रोसका अनुसार कम्युुनिटी ट्रान्समिसन भएका क्षेत्रहरुमा बसोवास गर्ने पहिले देखि नै कुुनै गम्भिर रोगबाट ग्रसित भएका र ६० वर्षभन्दा बढी उमेरका मानिसहरुले पनि अनिवार्य रुपमा मेडिकल मास्क लगाउनुु पर्दछ ।
 

३.केबाट बनेको हुुनुुपर्दछ त मास्क ?

डब्लुुएचओले गैरमेडिकल फेब्रिक मास्कको बनावटलाई लिएर पनि नयाँ निर्देशिका जारी गरेको छ । नयाँ निर्देशिका अनुुसार मास्कमा अलग–अलग वस्तुुको कमसेकम तीनवटा सतह हुुनुु पर्दछ ।

कोरोनाभाइरसबाट बच्नका लागि मास्क लगाउनुु एउटा उत्तम विकल्प भए पनि यो नै स्थायी समाधानको उपाय नभएको टेड्रोसले बताएका छन् । उनले मास्क लगाएर पूर्ण रुपमा कोरोनाभाइरसबाट बच्न नसकिने समेत बताएका छन् । यसका लागि सामाजिक दुुरीको नियम पालना गर्न पनि अत्यावश्यक रहेको उनले बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.