add

कोरोना भाइरसले शरीरमा कसरी गर्छ आक्रमण ?






ActPro Nepal

|

४ चैत, २०७६

|
1319

काठमाडौं । सन् २०१९ डिसेम्बरको अन्त्यतिर सबैभन्दा पहिले चीनमा कोरोना भाइरस (कोभिड-१९) देखियो। त्यसयता विश्‍वका १६५ मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ।

कोरोना भाइरसले, मानिसमा कोभिड-१९ नामको एउटा रोग प्रवेश गराउँछ। यद्दपि यसको सुरुवाती लक्षण निकै सामान्य हुन्छ। तर यसबाट अन्तिममा मानिसको ज्यानै जान सक्छ।

यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसको उपचार कसरी गरिन्छ? कयौं मानिसले अस्पतालमा उपचार गराउँदा गराउँदै किन ज्यानै गुमाउनुपरेको छ त? भाइरसको इन्क्युबेसन पिरियड आधिकारिक रुपमा 'प्यान्डेमिक कोरोना' भाइरसको नाम सार्स सिओबी-२ हो।

यो इन्क्युवेसन पिरियड अर्थात् सुरुवातको अवधिमा संक्रमण र सामान्य लक्षण देखिन्छ। यही समयमा भाइरसले मानिसको शरीरमा घर बनाउँछ। शरीरभित्र प्रवेश गरिसकेपछि यो भाइरसले मानिसलाई स्वाश लिन समस्या उत्पन्‍न गराउन थाल्छ।

यसले मानिसको घाँटीको वरपरका कोशिकाहरुमा नै पहिलो आक्रमण गर्छ। अनि स्वाश नली र फोस्कोमा आक्रमण गर्दै त्यहीँ उसले आफ्नो संख्या बढाउँछ। नयाँ कोरोना भाइरसहरु अन्य कोशिकाहरुको आक्रमणमा जुट्छन्। सुरुवाती चरणमा मानिसले बिरामी भएको महसुस पनि गर्दैनन्। यद्यपि केही मानिसमा संक्रमणको सुरुवाती समयदेखि नै लक्षण देखिन थाल्छ।

भाइरसको इन्क्युबेसन पीरियड पनि मानिसहरुमा फरक फरक ढंगले देखिन्छ। सामान्यत: यसको अवधि पाँच दिनको हुन्छ। सामान्य बिसञ्चाे अधिकांश मानिसमा सामान्य लक्षण नै देखिन्छ। संक्रमित मानिसहरुमा १० मध्ये ८ मा ज्वरो, खोकीजस्ता निकै सामान्य लक्षण देखिन्छन्। शरीर दुख्‍ने, घाँटीमा अप्ठेरो हुने, दुख्‍नेसँगै टाउको पनि दुख्‍न सक्छ।

मानिसको शरीरको इम्युन सिस्टम अर्थात् रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्तिले भाइरससँग लड्ने प्रयास गर्छ। मानिसको शरीरले भाइरसलाई एउटा विदेशी आक्रमणकारीका रुपमा हेर्दै पूरै शरीरलाई शरीरमा आक्रमण भएको संकेत दिन्छ। यसपछि यो भाइरसलाई नष्ट गर्न साइटोकाइन नामको रसायन छाड्न सुरु गर्छ।

शरीरको रोग प्रतिरोधात्मक शक्ति पूरै बल लगाएर आक्रमणको जवाफ दिन जुट्छ, जसका कारण मानिसलाई शरीर दुख्‍ने र ज्वरो आउन सक्छ। कोरोना भाइरसका कारण खकारबिनाको खोकी लाग्छ। कहिलेकाहीँ त घाँटीको दुखाइमै मात्र सीमित हुन सक्छ।

रोगप्रतिरोधक भाइरस केही मानिसलाई खोकीमा खकार पनि आउन सक्छ। यस्तो अवस्थामा चाहिँ खकारमा भाइरसका कारण नष्ट भएका फोक्सोका मृत कोशिका पनि हुन्छन्। यो लक्षणमा प्राय डाक्टरले मानिसलाई आराम गर्न, धेरै पानी पिउन र पारासिटामोल लिन सिफारिस गर्छन्।

यसका लागि मानिसलाई अस्पतालमा भर्ना हुन आवश्यक हुन्‍न। यो अवस्था लगभग एक हप्तासम्म रहन्छ। जो मानिसको इम्यून सिस्टम भाइरससँग लड्न सफल हुन्छ, तिनको स्वास्थ्य एक हप्ताभित्रै सुधार हुन थाल्दछ।

तर केहीकेही मानिसको स्वास्थ्य झन् बिग्रन सक्छ। अनि कोभिड-१९ को गम्भीर लक्षण देखिन थाल्दछ। अहिलेसम्म कोभिड-१९ बारेमा जति जानकारी सार्वजनिक भएका छन्, त्यसबाट नै यो सबै कुरा पत्ता लागेको हो। तर हालैका केही अध्ययनले भने यस रोगमा नाकबाट सिँगान बग्‍ने जस्ता रुघाखोकीको लक्षण पनि देखिएकाे बताएका छन्।

कस्ता हुन्छन् कोभिड-१९ का गम्भीर लक्षण? मानिसको राेत प्रतिरोधात्मक क्षमता भाइरसलाई नष्ट गर्न आवश्यकताभन्दा धेरै खर्च हुँदा पनि रोग बढ्दै जान सक्छ। यस क्रममा जुन रसायन बन्छ त्यसले पूरै शरीरलाई सुन्‍निन थालेको संकेत दिन्छ। कहिलेकाहीँ सुन्‍निएका कारण शरीरमा गम्भीर क्षति पुग्छ। किङ्ग्स कलेज लण्डनकी डाक्टर नैटली म्याक्डरमट भन्छिन्, ‘भाइरसका कारण रोगप्रतिरोधक तन्त्रको सन्तुलन बिग्रन्छ र शरीर सुन्‍निन थाल्छ।

हामीले अहिलेसम्म भाइरसले कसरी यो काम गर्छ भन्‍ने थाहा पाउन सकेका छैनौँं।’ यसरी फोक्सो सुन्‍निनुलाई नै निमोनिया भनिन्छ। यदि यो भाइरस मानिसको मुख हुँदै स्वास नलीमा प्रवेश गरेर फोक्सोसम्म पुगेको छ भने तपाईंको फोक्सोमा यसले सानासाना हावाको थैली बनाइदिन्छ।

मानिसको फोक्सो शरीरको त्यो भाग हो जहाँबाट शरीरभरि अक्सिजन पुग्‍न सुरु हुन्छ भने कार्बनडाइअक्साइड शरीरबाट बाहिर निस्कन्छ। तर कोरोना भाइरसले बनाइदिएको साना साना हावाका थैलीहरुमा पानी जम्न थाल्छ। जसका कारण मानिसलाई स्वास लिन समस्या हुन थाल्छ र लामो स्वास लिन सक्दैनन्। यस्तो अवस्थामा बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्छ।

चीनमा ५६ हजार संक्रमित मानिसबारे संकलित जानकारीमा आधारित विश्व स्वास्थ्य संगठनको अध्ययनले १४ प्रतिशत मानिसमा कोरोना संक्रमणको यस प्रकारको गम्भीर लक्षण देखिएको बताएको छ। निक्कै गम्भीर अवस्था भाइरसको सामना गरिरहेकामध्ये ६ प्रतिशत मानिस कोरोना भाइरसका कारण निक्कै गम्भीर बिरामी पर्न सक्ने बताइएको छ।

यस चरणमा मानिसको शरीरले भाइरससँग पूर्ण रुपमा हार मानिसकेको हुन्छ र गम्भीर रुपमा थला पर्छ। यो चरणमा फोक्सो फेल हुनु, भित्री अंगहरुले काम गर्न छाड्नु र मृत्युसम्म हुन सक्छ। यो अवस्थामा रोग प्रतिरोधात्मक शक्ति नियन्त्रणभन्दा बाहिर हुन जान्छ र शरीरलाई गम्भीर क्षति पुर्‍याउँछ। फोक्सो सुन्‍निएका कारण शरीरले आवश्यकताअनुसार अक्सिजन पाउन सक्दैन।

यसको सोझै असर मिर्गौलामा पनि पर्न सक्छ। मिर्गौलाले रगत सफा गर्ने काम गर्छ तर कोरोना भाइरसको असरले मिर्गौलाले काम नै बन्द गर्न सक्छ। यसले आन्द्रालाई पनि असर गर्न सक्छ। भाइरसका कारण शरीर सुन्‍निने क्रम यति बढ्छ कि शरीरको कुनै पनि अंगले काम गर्न सक्दैनन् र मानिसको मृत्यु हुन सक्ने चिकित्सकहरु बताउँछन्।

यो अवस्थामा उपचारका लागि इसिएमओ अर्थात् एक्सट्रा कर्पोरल मेम्ब्रेन अक्सिजनेसनलको प्रयोग गर्न सकिन्छ। यसमा एक प्रकारको कृतिम फोक्सोको प्रयोग गरिन्छ, जसले शरीरभित्रको रगत निकालेर अक्सिजनेट गरी फेरि शरीरमा प्रवेश गराउँछ। तर यो उपचार पनि पूर्ण रुपमा प्रभावकारी हुन्छ भन्‍ने पूरै भरोसा गर्न सकिँदैन। मृत्युका घटना कोरोना भाइरसका कारण हुने मृत्युको विषयमा डाक्टरहरुले भनेका छन्, ‘हाम्रो पूरै प्रयासका बाबजुद बिरामीहरुलाई बचाउन सकिएन।’

ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित एउटा अध्ययनअनुसार चीनको वुहानका जिनयिनतान अस्पतालमा कोरोना भाइरसका कारण भएको मृत्यु भएका दुईजनाको फोक्सो स्वस्थ पाइएको थियो।


मृत्यु भएका पहिलो ६१ वर्षीय व्यक्ति जो पुरुष थिए, उनी अस्पताल पुग्दा गम्भीर निमोनियाबाट ग्रसित थिए। उनलाई स्वास लिन निक्कै समस्या परेको र भेन्टिलेटरमा राखिएको थियो। तर उनको फोक्सोले काम गर्न छाडेको र मुटुको धड्कन पनि रोकिएको थियो। अस्पतालमा पुगेको ११ औं दिनपछि उनको मृत्यु भयो। दोस्रो रोगी ६९ वर्षका एक व्यक्ति थिए।

उनलाई पनि स्वास फेर्न समस्या भइरहेको थियो। उनलाई इसिएमओ मेसिनमा जोडिएको थियो, तर उनी बच्‍न सकेनन्। उनको रक्तचाप निरन्तर कम हुँदै गएको थियो जसलाई निमोनिया समेत भएको थियो। बिबिसीबाट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.