काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म २८ जनामा कोरोना अर्थात् कोभिड–१९ देखा परेको छ ।
२८ मध्ये १६ जना इटलीका पर्यटक भएको बताइएको छ । भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले त्यहाँबाट मास्क निर्यातमा रोक लगाएको घोषणा पनि गरेका छन् ।
भारतमा कोरोना देखिएसँगै नेपालमा पनि कोरोना भित्रनसक्ने सम्भावनालाई दृष्टिगत गरी जनस्तरबाटै सजगता अपनाउनुपर्ने देखिएको छ ।
नेपालमा सजग बनौं : कोरोना भाइरसबाट जोगिन के गर्ने ?
-हामी खोकी लाग्दा वा हाछ्युँ गर्दा हातले मुख छोप्छौँ । हातमार्फत एक–अर्कामा संक्रमण सर्न सक्ने भएकाले हात नमिलाउनुस् ।
- विदेशबाट आएका व्यक्तिलाई डाक्टरको परामर्शमा राखौँ ।
- हातलाई राम्रोसँग साबुनपानीले सफा गर्नुस् ।
- व्यक्तिगत सरसफाइमा धेरै ध्यान दिनुस् ।
- मासु राम्रोसँग पकाएर मात्र खानुस् ।
- रुघाखोकी लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । त्यस्ता लक्षण देखिनेबित्तिकै तुरुन्त अस्पताल जानुस् ।
- धेरै भिडभाड भएको ठाउँमा नजानुस् ।
- खोक्दा र हाछ्युँ गर्दा थुकका छिटा बाहिर जान सक्छन् । त्यसैले सर्जिकल मास्क प्रयोग गर्नुस् । प्रयोग गरेको मास्क जताततै नफाल्नुस् ।
- अहिले कोरोना संकमणले गर्दा मानिस त्रसित छन् । यस्तोमा सकारात्मक सोच्नुपर्छ र आफ्नो आत्मबल उँचो राख्नुपर्छ ।
- रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस कोरोनाबाट संक्रमित हुने सम्भावना धेरै भएकाले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुस् । सन्तुलित भोजन गर्नुस् ।
- खानेपानी तताएर खानुस् । तातो खानेकुरा धेरै खानुस् ।
- मौसम परिवर्तनको समय भएकाले रुघाखोकी लाग्ने गर्छ । त्यसैले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भयो भनेर मानसिक तनाव नलिनुस् । बरु, चिकित्सकसँग परामर्श गर्नुस् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।