add

प्रचण्डको आरोप: "गभर्नर नियुक्तिमा बिचौलियाको चलखेल, पार्टी हैन, भागबण्डा नमिलेर ढिलाइ"






ActPro Nepal

|

४ वैशाख, २०८२

|
615

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा राजनीतिक दलभन्दा पनि बिचौलिया समूहबीचको भागबण्डा नमिलेका कारण ढिलाइ भएको गम्भीर आरोप लगाएका छन्।

बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गभर्नर नियुक्तिको प्रक्रिया योग्यताको आधारमा नभई, बिचौलियाको स्वार्थअनुसार अघि बढाइएकोप्रति चिन्ता व्यक्त गरे। मधेस जागरण अभियानअन्तर्गत रुपन्देही पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा भने, “कुन बिचौलिया समूहको गभर्नर हुने भन्ने कुरा टुङ्गिन नसक्दा नियुक्तिमा ढिलाइ भइरहेको हो।”

उनले गभर्नर पदलाई अत्यन्त संवेदनशील र देशको अर्थतन्त्र नियमन गर्ने महत्वपूर्ण जिम्मेवारी भएको भन्दै, यस्तो पदमा बिचौलियाको चलखेल अमान्य हुने बताए। “हामीले योग्य व्यक्तिलाई गभर्नर बनाउन भनिरहेका छौं, बिचौलियाको चलखेल बन्द गर भन्न खोजिरहेका छौं,” प्रचण्डको भनाइ थियो।

पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले राम्रो काम गर्ने कर्मचारीलाई अपमानित गरेर हटाउने र आफ्ना निकटका व्यक्तिहरूलाई राजनीतिक रूपमा नियुक्त गर्न खोजेको पनि आरोप लगाए। “बिचौलियाहरू कहिले कांग्रेस, कहिले एमालेलाई पक्रिरहेका छन्,” भन्दै उनले गभर्नर नियुक्ति प्रक्रिया राजनीतिक पहुँचभन्दा माथि राखिनुपर्ने बताए।

प्रचण्डले कुलमान घिसिङलाई उदाहरण दिँदै भने, “जसरी लोडसेडिङ अन्त्य गर्न योग्य व्यक्तिलाई विद्युत् प्राधिकरणको नेतृत्व दिइयो, त्यस्तै योग्य व्यक्ति गभर्नर बन्नुपर्छ। तबमात्र अर्थतन्त्र सुधारको अपेक्षा गर्न सकिन्छ।”

उनले अहिले देखिएको आर्थिक समस्याको समाधानका लागि सरकारले तत्काल गम्भीर पहल गर्नुपर्ने मागसमेत राखे।

यसैबीच, सरकारले गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको भनिए पनि राजनीतिक दलहरू तथा समूहबीचको सहमति नजुट्दासम्म निर्णयमा ढिलाइ भइरहने देखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.