add

गगन थापालाई लक्षित गर्दै गृहमन्त्री लेखकको टिप्पणी : "सरकारले काम गरे-नगरेको तथ्यांकमा हेर्ने हो, भाषणमा होइन"






ActPro Nepal

|

४ वैशाख, २०८२

|
874

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो सूचकांक र तथ्यांकहरूले सरकारले राम्रै काम गरिरहेको पुष्टी हुने बताएका छन्।

बुधबार बेलुका दुई दलीय संयन्त्रको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले सरकारले राम्रै काम गरिरहेको बताएका हुन्।

कुराकानीमा पत्रकारहरूले सरकारको कार्यशैलीलाई लिएर कांग्रेस महामन्त्री गगन थापाको आलोचना र कामै गर्न नसकेको भन्ने उनको अभिव्यक्तिबारे प्रश्न गरेका थिए।

जबाफमा गृहमन्त्री लेखकले नेताहरुको आ-आफ्नो धारणा हुने तर संयन्त्रमा सरकारले राम्रै गरिरहेको भन्ने निष्कर्ष रहेको बताए।

'पछिल्लो समयमा हेर्नुभयो भने आर्थिक सूचकांक सुधारतिर गएका छन्। सरकारको सेवा प्रवाहमा पनि सुधार भएको छ। सूचक र परिणामहरूले देखाइरहेको छ। राष्ट्र बैंकको प्रतिवेदन हेर्नुभयो भने सरकार ठीक ढंगले अघि बढेको छ भन्ने देखाउँछ। तथ्य र तथ्यांकमा हेर्नुपर्छ। भाषणमा मात्र हेरेर हुँदैन,' उनले भने।

गृहमन्त्री लेखकले सरकारमा समस्या भएको भन्ने गलत भाष्य बनाइएको पनि बताए।

'हाम्रो बीचमा कुनै समस्या छैन। दुई जना नेतासहित हामी बसेका छौं,' उनले भने।

गृहमन्त्री लेखकले गभर्नर नियुक्तिको प्रक्रिया पनि  अगाडि बढेको बताए।

'सिफारिस समिति बनेको छ। समितिले छलफल गरेर प्रक्रिया अगाडि बढाउँछ। दलहरूबीच समस्या हुने विषय होइन। प्रक्रियामै अगाडि बढ्छ,' उनले भने।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.