add

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा






ActPro Nepal

|

४ वैशाख, २०८२

|
183

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवं प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पार्टीको संगठनात्मक जिम्मेवारीबाट राजीनामा दिएकी छन्।

श्रेष्ठले केही समयअघि नै सहमहामन्त्री पदबाट राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले सेतोपाटीलाई जानकारी दिएका छन्। ती सदस्यका अनुसार श्रेष्ठले, "पार्टीको संगठनात्मक जिम्मेवारीभन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा बढी देखिन्छ," भन्दै राजीनामा दिएकी हुन्। उनका अनुसार श्रेष्ठले संसदमा रास्वपाको भूमिका पर्याप्त सक्रिय नभएको महसुस गर्दै आफू विधायकीय भूमिकामा केन्द्रित हुन चाहेको बताएकी छन्।

श्रेष्ठ निकट एक नेताका अनुसार उनले आन्तरिक रूपमा राजीनामाको जानकारी पार्टीलाई दिइसकेकी हुन् र अब बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा राजीनामा पत्र पेस गर्ने तयारी गरेकी छन्।

यसअघि रास्वपाको जलेश्वरमा सम्पन्न २०८० मंसिरको बैठकले श्रेष्ठलाई सहमहामन्त्री पदमा नियुक्त गरेको थियो। तर पछिल्लो समय पार्टीभित्र संगठनात्मक संरचना पुनर्संरचना गर्न सभापति रवि लामिछानेले संकेत दिँदै आए पनि श्रेष्ठले त्यसअघि नै आफू संसदीय भूमिकामा केन्द्रित हुने निर्णय लिइसकेको बताइएको छ।

श्रेष्ठसँग यसबारे बुझ्न प्रयास गर्दा सम्पर्क हुन सकेको छैन।

रास्वपामा जारी नेतृत्व पुनर्संरचना र आन्तरिक समीकरणको बीचमा श्रेष्ठको यो कदमले पार्टीभित्र नयाँ बहसको सुरुआत गराएको देखिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.