add

प्रधानमन्त्रीले तानाशाही शैली अपनाए: सांसद श्रेष्ठ






ActPro Nepal

|

४ वैशाख, २०८२

|
121

काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही शैली र शिक्षकमाथि भइरहेका राजनीतिक दुरुपयोगप्रति गम्भीर आपत्ति जनाएकी छन्।

नागरिकन्युजको 'फ्रन्टलाइन' कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारले युवा पुस्तामाथि आक्रमण गरिरहेको, शिक्षकलाई चुनावी प्यादाका रूपमा प्रयोग गरिएको र कानुनभन्दा व्यक्तिलाई प्राथमिकता दिइएको आरोप लगाइन्।

उनले शिक्षण पेशालाई सम्मानित बनाउन शिक्षकहरूले दलको सदस्यता त्याग्नुपर्ने धारणा राख्दै शिक्षा ऐन २०२८ संशोधन आवश्यक भएको बताइन्।

आइटी क्षेत्र र कृत्रिम बुद्धिमत्ताजस्ता आधुनिक विषय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले शिक्षामा दीर्घकालीन योजना र गुणस्तर सुधारको खाँचो औंल्याइन्।

राजावादी प्रदर्शनबारे उनले रास्वपा संविधानको पूर्ण सम्मान गर्ने पार्टी भएको स्पष्ट पारिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.