add

बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक






ActPro Nepal

|

३ वैशाख, २०८२

|
118

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।

बैठकमा सहभागी एक नेताका अनुसार करिब १ घन्टादेखि बैठक चलिरहेको हो। बैठकमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको मागबारे छलफल भइरहेको पनि ती नेताले जानकारी दिए।

बैठकपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बस्ने थाहा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा ८ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र छ।

संयन्त्रको कार्यदलमा कांग्रेसको तर्फबाट ४ र एमालेको तर्फबाट ४ सदस्य छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा कांग्रेसका तर्फबाट छन् भने एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.