add

दुई दिनदेखि अवरुद्ध संसद्‌ बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची






ActPro Nepal

|

१४ चैत, २०८१

|
187

काठमाडौं । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने संघीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने छन्।

साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

हिजो बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजे बस्ने भनिए पनि बैठक बस्न नसकेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको गरिएको थियो। प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११ सम्म स्थगित गरिएको हो।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बुधबारदेखि अवरोध हुँदै आएको बैठक अझै सुचारु हुन सकेको छैन।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.