add

सिद्वार्थ बैंकले मनायो ग्लोबल मनी वीक २०२५






ActPro Nepal

|

१३ चैत, २०८१

|
36

काठमाडौं । सिद्वार्थ बैंक लिमिटेडले सप्ताहव्यापी रुपमा ग्लोबल मनी वीक मनाएको छ । बैंकले २०२५ मार्च १७ देखि २३ गतेसम्म ग्लोबल मनी वीक मनाएको हो ।

‘थिकं विफोर यू फ्लो, वीज मनी टुमरो’ भन्ने नारालाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पसमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

सो कार्यक्रममा १ हजार २१२ जना विद्यार्र्थीहरुको सहभागीता रहेको थियो । साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र बैंकिङ्ग माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्न ४४८ जना विद्यार्र्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण पनि गराएको बताए । सप्ताहव्यापी रुपमा मनाइएको कार्यक्रममा बैंकले कुल ३८ कार्यक्रम मार्फत १ हजार ६६० जना विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.