काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (चैत १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।
बैंकले गत आवको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद गरी कुल ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न बैंकले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको होटल पिस प्यालेस, हरिशंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, बैंकले सभामा हाल कायम चुक्ता पूँजी ११०.७१ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।