add

जेडटीईको नेपाली बजारमा पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ मोडल सार्वजनिक






ActPro Nepal

|

११ चैत, २०८१

|
85

काठमाडौं । एकीकृत सूचना तथा सञ्चार प्रविधि समाधानको ग्लोबल लिडर जेडटिई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ फिचर–प्याक्ड स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ ।

आकर्षक डिजाइनमा उपलब्ध यी मोडलहरूको पर्फर्मेन्स पनि उत्कृष्ट हुनुको साथै नवीन प्रविधियुक्त पनि छन् । जेडटीईको नेपालको लागि आधिकारिक वितरकको रुपमा शंकर ग्रुप रहेको छ ।

शंकर ग्रुपसँगको सहकार्यमा जेडटीईले ब्लेड ए र नुबिया सिरिज मार्फत नेपाली ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ ।

ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रुपमा जेडटीई ब्लेड ए ७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआइ क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको ¥याम भएको हुँदा यो फोन चलाउन एकदम स्मुथ छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।

त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८ एमपीको एआइ क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । अक्टाकोर प्रोसेसर र ६ जिबिको र्याम भएकोले यो दैनिक प्रयोजनको लागि अत्यन्तै उपयुक्त छ ।

अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडी प्लस डिस्प्ले र १२८ जिबिको स्टोरेज र १३ एमपीको एआइ डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टि टास्किंगलाई झनै सहज बनाएको छ ।

जेडटीई नुबिया भी ७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआइ एडिटिङ्ग टुलहरू भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केही नहुने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडि प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । १६ जिीबीको ¥याम र १२८ जीबीको स्टोरेज, डिटिएस अडियो भएको नुबिया भी७० डिजाइनले प्रिमियम स्मार्टफोन अनुभव प्रदान गर्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.