काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (चैत ८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।
कम्पनीले गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा नेपाल सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै, कम्पनीले सभामा यसअघि प्रस्ताव गरेको २७ प्रतिशत हकप्रद सेयर संशोधन गरी अब १७ प्रतिशत मात्र जारी गर्ने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।