काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउन सक्नेछन् । जसमा बम्पर उपहार आईफोन १६ पनि रहेको छ।
यस अभियानको मुख्य उद्देश्य राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्लेटफर्ममार्फत ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रेरित गर्नु हो । मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै, बैंकले डिजिटल बैंकिङलाई सहज र सजिलो बनाउन चाहन्छ साथै ग्राहकहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहन स्वरूप विभिन्न उपहार प्रदान गर्ने लक्ष्य राखेको छ।
यस अभियानमा सहभागी हुन, ग्राहकहरूले आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गरी ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्नेछन् ।
यस अभियान अन्तर्गत हरेक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्न सक्नुहुनेछ। साथै, अभियानको अन्त्यमा, एक भाग्यशाली ग्राहकलाई नयाँ आईफोन १६ उपहार जित्न सक्नेछन् । यो अभियान चैत्र १ गते देखि चैत्र ३१ गते सम्म सञ्चालन हुनेछ। राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई यस अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर लिन अनुरोध गर्दछ।
थप जानकारीका लागि नजिकको आरबीबी शाखामा सम्पर्क गर्न वा बैंकको औपचारिक वेबसाइट तथा सामाजिक सञ्जाल पेजहरू हेर्न सकिन्छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।